काठमाडौंको बल्खु क्षेत्रका सडक बिहीबार दिनभरजसो अस्तव्यस्त रह्यो।
बिहानैदेखि यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी र मानिसहरू उपस्थित थिए।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बिहीबार बल्खु क्षेत्रमा आन्दोलन भएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रसाईं पक्षलाई कार्यक्रम गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै सडक तोकिदिएको थियो। तर प्रदर्शनकारीहरू बेलाबेला बल्खु चोकसम्म आउने र त्यहाँबाट कालिमाटी क्षेत्रतर्फ अघि बढ्न खोज्दा प्रहरीसँग झडप भएको थियो।
यो पनि: बल्खुमा दुर्गा प्रसाईं पक्षको प्रदर्शन (तस्बिरहरू)
साथै नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुसँग पनि प्रसाईंको आह्वानमा आन्दोलनमा आएकाहरूबीच झडप भएको थियो। प्रदर्शनकारीले ढुंगा हानेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको थियो।
प्रदर्शनकारीहरूले केही घरका झ्यालका सिसा र सवारी साधनमा समेत क्षति पुर्याएका छन्।
प्रहरीले बल्खु चोक क्षेत्रबाट प्रदर्शनकारीलाई तितरवितर पारेको छ। केही प्रदर्शनकारी सानेपा त केही त्रिवि परीक्षा नियन्त्रण कार्यालय छेउतर्फ पुगेका छन्।
बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र 'तानाशाही' शासकको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि आफ्नो एजेन्डासहित प्रसाईंले आन्दोलन सुरू गरेका थिए।
प्रहरीले तितरवितर पारेपछि अपराह्न पौने ४ बजे आकाशबाट देखिएका तस्बिरहरू:
-1700734492.jpg?timestamp=1700734853568)
-1700734492.jpg?timestamp=1700734853568)
-1700734490.jpg?timestamp=1700734853568)
-1700734490.jpg?timestamp=1700734853568)
-1700734487.jpg?timestamp=1700734853568)
-1700734487.jpg?timestamp=1700734853568)
-1700734489.jpg?timestamp=1700734853568)
-1700734489.jpg?timestamp=1700734853568)
-1700734489.jpg?timestamp=1700734853568)
-1700734485.jpg?timestamp=1700734853568)
-1700734486.jpg?timestamp=1700734853568)
-1700734484.jpg?timestamp=1700734853568)
-1700734484.jpg?timestamp=1700734853568)
-1700734481.jpg?timestamp=1700734853568)
-1700734482.jpg?timestamp=1700734853568)
-1700734483.jpg?timestamp=1700734853568)
-1700734483.jpg?timestamp=1700734853568)