दाङ प्रहरीले अत्याधुनिक पेस्तोल र त्यसको ४ थान गोली सहित एक जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १३ बडहरा निवासी २७ बर्षी विरबहादुर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्माले जानकारी दिए ।
गोप्य सुराकीको आधारमा घोराही वडा नं. १५ बुद्धिग्यारेज नजिकै बाट् चौधरीलाई एक थान पेस्तोल, एक थान म्याग्जिन र ४ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
चौधरी अबैध हतियार बोकेर हिडिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाखमा खटिएका प्रहरीले रा ४ प २४६६ नम्बरको मोटरसाईकल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, म्यागजीन र गोलीसहित चौधरीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
चौधरी माथि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । उनीमाथि हातहतियार खरखजना मुद्दामा कारवाही प्रकृया सुरु गरिएको प्रमुख शर्माले जानकारी दिए ।