महोत्तरीको औरही नगरपालिका २ फुलबरियाका किसान बेचु महतोको हत्या भएको छ।
महतोको हत्या गरिएको अवस्थामा घर नजिकै उखु खेतमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
खेतमा लगाएका तरकारीबाली निलगाईले क्षति पुर्याउन थालेकाले उनलाई धपाउन गएका बेला मंगलबार मध्य रातमा उनको हत्या भएको प्रहरी उपरीक्षक कार्कीले बताए।
घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको तथा घिसारेर ल्याएको अवस्थामा महतोको शव फेला परेकाले उनलाई कर्तव्य गरी हत्या गरिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। त्यसै गरी जलेश्वर नगरपालिका–१२ का २९ वर्षीय प्रमोद मण्डलको शव थरूवाहीस्थित पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।