कपिलवस्तुको वाणगंगामा एक जना महिलाको हत्या भएको छ।
वाणगंगा नगरपालिका ४ की करिव २६ वर्षिय अनिता पौडेलको गए राति १ बजेतिर हत्या भएको हो।
पौडेलको निधारमा चोट छ। धारिलो हतियार वा गोली हानी हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक रवी रावलका अनुसार हत्याको कारण खुलेको छैन।
‘हत्या भएको हो तर कसले के कारणले हत्या गरेको भन्ने खुलेको छैन। अनुसन्धान हुँदैछ,’ प्रनाउ रावलले भने।
शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।