महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले आफूले महाशाखाको शाख झर्न नदिने बताएका छन् ।
महाशाखा र काठमाडौं प्रहरी परिसरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले आफ्नो कार्यकालमा महाशाखाको साख झर्न नदिने दाबी गरेका हुन्।
'यस अघिका महाशाखा प्रमुखहरुले जोगाएको साख झर्न दिन्न,' थापाले भने, 'उत्कृष्ट काम गर्न नसकेपनि पहिलाको साख जोगाएर राख्छु ।'
'सकभर राम्रा कामहरु गर्छु,' उनले भने 'गर्न सकिन भनेपनि पहिलाको साख झर्न दिन्न्।'
थापा ३ दिन अघि महाशाखाको प्रमुख भएर आएका हुन्।
पत्रकार सम्मेलनमा भर्खरै सरुवा भएर आएका महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल बहादुर थापा र काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले आफ्ना भावी योजनाहरु सुनाएका थिए।
दुबै जना एसएसपीहरुले संठगित रुपमा भइरहेको गुन्डागर्दी नियन्त्रण, आर्थिक अपराध, साइबर क्राइम मुख्य चुनौतिका रुपमा देखिएको बताए।