दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
गढवा गाउँपालिका वडा नं. ५ सोनपुरुवा निवासी ६५ वर्षीय गंगाराम यादवको मृत्यु भएको हो। पैदलयात्री यादवलाई सोमवार बेलुका साढे ८ बजेतिर लु १ प ९७११ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
दामोदर सडकखण्ड अन्तरगत गढवा-कालाकाटेको बाँकी चोकमा मोटरसाइकलले यादवलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ।
खुट्टा र हातमा चोट लागेका यादवको उपचारको क्रममा सोमबार राति ९ बजेतिर लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकल चालक गढवाको पर्नाहा निवासी १८ वर्षीय रोहित चौधरीलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ।