सुनसरीको दुहबीमा स्कुल बसले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुहबी नगरपालिका-४ का ३६ वर्षीय जयनारायण चौधरीको मृत्यु भएको हो। शुक्रबार बिहान पौने १२ बजेको समयमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मेरिल्याण्ड स्कुलको को१क ११८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को१३प ४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
घाइतेलाई उपचारको लागि इटहरीको एपेक्स अस्पताल लगिएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। बस चालक, बस तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।