दाङको लमही क्षेत्रको जंगलमा एक महिलाको शव फेला परेको छ। लमही नगरपालिका वडा नं. ७ स्थित उचानिम्बु सामुदायिक वनमा एक मिहलाको शव शुक्रबार दिउँसो सडेको अवस्थामा फेला परेको छ।
च्याउ टिप्न वनमा गएका केटाकेटीले महिलाको शव सडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
पहिचान हुन नसकेको महिलाको शवबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।