सुनसरीको इटहरी उपमहानगरपालिका १२ बाट १ ग्राम १८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ वर्षीय तीर्थबहादुर तामाङ, केराबारी गाउँपालिका- ७ का २९ वर्षीय लालबहादुर कार्की र ३९ वर्षीय वीरबहादुर ठाडा मगरलाई सोमबार नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यस्तै, झापाको मेचीनगर नगरपालिका ६ बाट १४ बोतल स्कप नामक लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर ६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ मा लागुऔषधसहित मानिस रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ७ का २६ वर्षीय चिरञ्जीवी तिम्सिनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।