नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का भोजपुर जिल्ला सेक्रेटरी हतियार सहित पक्राउ परेका छन्र।
भोजपुर प्रहरीले भोजपुर जिल्ला क्याम्के मयुङ गाउँपालिका वडा ५ चोलन्तीका भोजपुर जिल्ला सेक्रेटरी ४३ वर्षीय बमबहादुर बिष्टलाई हतियार सहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामी मगरले बमबहादुर बिष्टको साथवाट प्लाष्टिक हेण्ड ग्रिनेड, २ वटा अटोमेटिक पेस्तोल, २ थान म्याग्जिन, १० राउण्ड गोली, २ वटा मोवाइल, १२ वटा सिमकार्ड र ५ हजार ९७० रुपैयाँ बरामद गरिएको जानकारी दिए।
प्रहरी प्रमुख नरबहादुरले पत्रकार सम्मेलनमा भने ‘प्रहरीले कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिएर गोली हान्छ भने जनमानसमा त्यस्तो खाले भ्रम हटाउनु पर्छ यो आजको घटनाबाटै प्रहरीको सफल अप्रेसन भएको छ।’
विषम परिस्थिति भएको अवस्थावाहेक अन्य अवस्थामा नेपाल प्रहरीले जस्तोसुकै अपराधिक घटनामा संलग्न भएकालाई पनि पक्राउ गररे कानुनी प्रक्रिया चाल्नु नेपाल प्रहरीको दायित्व हो, यसमा कुनै पूर्वाग्रही भावना प्रहरीको हुँदैन।’