काठमाडौंको तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्यालयको छत खसेर ४० विद्यार्थी घाइते भएका छन्।
महानगरीय प्रहरी परिषद् काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार बुधबार दिउँसो करिब ३ बजे विद्यालयको छत खस्दा ४० विद्यार्थी सामान्य घाइते भएका हुन्।
दुई तले सानो भवनले लोड धान्न नसक्दा माथिल्लो भाग खसेको हुन सक्ने बोगटीले बताए। घाइते विद्यार्थीको ग्रिन सिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ।