महानगरीय ट्राफिक प्रहरी महाशाखाले रिङरोडभित्र मंगलबारदेखि चार दिन( २६-२९ गते) मालवाहक सवारीसाधन नचलाउन आग्रह गरेको छ।
महाशाखाले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको औपचारिक सद्भावना भ्रमणलाई ध्यानमा राखी मालवाहक सवारीसाधन चलाउनमा रोक लगाएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति हमिदले मंगलबारदेखि नेपालको औपचारिक भ्रमण गर्नेछन्।
त्यस्तै, महाशाखाले वैकल्पिक मार्ग अपनाउनसमेत आग्रह गरेको छ।
अनावश्यक हर्नको प्रयोग नगर्न महाशाखाले जनाएको छ।
नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्।
राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा रात्रीभोज आयोजना गर्नेछिन्।
भ्रमणका क्रममा हमिद पोखरा पनि जाने परराष्ट्रले जनाएको छ। हमिद शुक्रबार स्वेदश फर्कने छन्।