हात्ती धपाउन आफ्नै बारीमा राखेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ।
झापाको मेचीनगर नगरपालिका-९ की ५७ वर्षीया बुद्धिमाया तामाङको करेन्ट लागेर मृत्यु भएको हो।
आइतबार बेलुका साढे ५ बजे बारीमा हात्ती धपाउन लगाएको बिजुलीको तारमा गएका गाई वस्तु धपाउने क्रममा आफैंलाई करेन्ट लागि तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।
मृतकको शव परीक्षणको लागि मेची अस्पताल भद्रपुर पठाइएको छ।