काठमाडौंको बौद्धमा एक जनामाथि ठगी भएको छ।
डोल्पा घर भएका ४० वर्षीय छेवाङ तन्दुर गुरुङको १२ लाख रुपैयाँ आइतबार ठगी भएको हो।
उनको साथमा १० हजार बढी डलर थियो। अपरिचित व्यक्तिहरूले ‘डलर साटिदिन्छु’ भनेर महालक्ष्मी नगरपालिका-२ इमाडोलमा उनलाई बोलाए।
उनीहरूले पैसा आकारको कागजको बिटो दिइ उनको साथमा रहेको उक्त नगद लिई फरार भए। उनी एकछिन अक्कनवक्क परे। के गर्ने के नगर्ने सोच्नै सकेनन्। त्यसपछि आफू ठगिएको थाहा पाए।
र आफू ठगिएको भन्दै उनले प्रहरीमा उजुरी गरे। प्रहरीले फरार व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।
घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।