सिद्धबाबा माथिबाट खसेको ढुंगा लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा बुधबार माथिबाट खसेको ढुंगाले लागेर गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय महेन्द्र प्रसाद श्रेष्ठ(बाबुकाजी) गम्भीर घाइते भएका थिए।
लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा बुधबार गुल्मीदेखि बुटवल आउँदै गर्दा तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्धबाबामा माथिबाट अचानक ढुंगा खस्दा उनी घाइते भएका थिए।
नेपाली कांग्रेस रेसुङा नगरपालिका वडा न ८ का सभापति समेत रहेका श्रेष्ठको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो।
उनको निधनले गुल्मी कांग्रेसमा अपुरणीय क्षति पुगेको गुल्मी कांग्रेसले जनाएको छ।