जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको जानकी सरोवर पोखरीमा एक पुरुषको शव भेटिएको छ।
सोमबार बिहान पौडी खेल्न पोखरीमा गएका बेला ती पुरुषको डुबेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
साथै यसबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।