चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फेला परेको छ।
सालनालसहित बेरिएको अवस्थामा बिहीबार शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।
बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।