मोरङमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन्।
कटहरी गाउँपालिका ७ बस्ने प्रधुम्ना सरदारकी ६ वर्षीया छोरी दिक्षाकुमारी सरदार आइतबार बाँसको झ्याङमा अल्झिरहेको अवस्थामा फेला परेकी हुन्।
शनिबार दिउँसो तीन बजे जुडी खोलामा पौडी खेल्ने क्रममा ती बालिकालाई खोलाले बगाएको थियो। उनलाई स्थानीय तथा प्रहरीले खोजी गर्दा पनि फेला परेकी थिइनन्।
त्यसपछि आइतबार थलाहा ब्यारेकबाट नेपाली सेनाको २५ जना, सशस्त्र प्रहरीको १५ जनाको टोलीले खोजी गर्दा बगेको स्थान भन्दा ३ किलोमिटर दक्षिणतिर बाँसको झ्याङमा मृत फेला परेकी हुन्।