महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ।
मंगलबार बिहान पौने १० बजे पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका-६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो।
वृत्तका प्रहरीका अनुसार बा १ झ ८०६४ नम्बरको भ्यानमा ११ जना सवार थिए। त्यसमध्ये सात जना घाइते भएको वृत्तले जनाएको छ।
'ड्युटीमा जान हिँडेका प्रहरीको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको हो,'महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले भने,'सात जना घाइते भएका छन्।'
उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ। घाइते प्रहरीहरूको अवस्था सामान्य छ।