रुपन्देहीमा सोमबार थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ज्वरो क्लिनिकमा उपचाररत् सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो।
अस्पालका सूचना अधिकारी डा. विष्णु गौतमले सोमबार बिहान अस्पतालमा भर्ना भएकी उनको दिउँसो साढे २ बजे मृत्यु भएको जानकारी दिए।
सिकिस्त अवस्थामा अस्पताल आएकी उनको जिन एक्सपर्ट मेसिनमार्फत् पिसिआर परीक्षणसँग उपचार सुरू गरिएको थियो।
उच्च ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर आएकी उनको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए।
यसअघि कपिलवस्तुका एक पुरूष र एक महिलाको बुटवल र भैरहवामा मृत्यु भएको थियो।
बुटवलकै कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका पुरूषको बिहान साढे चार बजे र भीम अस्पतालमा भर्ना भएकी महिलाको आइतबार राति मृत्यु भएको थियो।