बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ।
उपकुलपति डा.गिरीको सोमबार साँझ पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।
उनले बिपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पूर्ण सुरक्षा उपायहरू अपनाउँदा अपनाउँदै संक्रमण भएको जनाएका छन्।
‘दुई हप्ताको अन्तरालमा नियमित परीक्षण गरिरहेको अवस्था थियो,’ उनले लेखेका छन्, ‘प्रतिष्ठानको नीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा व्यस्त रहँदा संक्रमण भएको छ। कुनै लक्षण नदेखिएकाले आफ्नै निवासमा आइसोलेसन बसेको छु।’
उनले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराएर सजगता अपनाउनु पनि अनुरोध गरेका छन्।