पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता ब्लेजेज स्पीचल्स्कीले ४८ वर्षीय राष्ट्रपति डुडालाई संक्रमण भएको शनिबार पुष्टि गरेका हुन्।
संक्रमण देखिएता पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि संक्रमित भएका थिए। हाल उनीहरू संक्रमणमुक्त भइसकेका छन्।