कञ्चनपुरमा एक जना पुरूषको शव फेला परेको छ।
भीमदत्त नगरपालिका-५ मा पूर्व पश्चिम महाकाली सिँचाइ नहरको उत्तरतर्फ किनारमा अन्दाजी ४५ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ।
उनको शव नहरको जमिनमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिए।
मृतक पुरूषको पहिचान खुलेको छैन। शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।