कैलालीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ।
मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।
त्यसैअनुसार बिहीबारदेखि वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा लागू हुने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।
उता कञ्चनपुरमा पनि जिल्ला प्रशासनले अत्यावश्यकबाहेकका सेवा दैनिक ७ घण्टामात्र सञ्चालन गर्ने अनुमति दिएको छ।
दिउँसो ३ बजेदेखि अर्को दिन बिहान ८ बजेसम्म अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्न आदेश जारी गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।