शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पिसिआर परीक्षण सेवा स्थगित गरेको छ।
मंगलबार अस्पतालले सूचना जारी गर्दै पिसिआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो।
विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि परीक्षण बन्द गरिएको जनाएको छ।
'विशेष कारणवश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आइको पिसिआर परिक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,' सूचनामा लेखिएको छ।
एक्ट्याक्सन किट नभएकोले पिसिआर रोकिएको र आइतबारदेखि पुन: सुरू गरिने निर्देशक सागर राजभण्डारीले सेतोपाटीलाई बताए।