'स्वार्थभन्दा माथि सेवा' भन्ने भावले स्थापित रोटरी इन्टरनेसनलको डिस्ट्रिक ३२९२, नेपाल-भुटान अन्तर्गत गत वर्ष स्थापना भएको रोटरी क्लब अफ न्यातपोलको वर्ष २०२१/२२ को अध्यक्षमा रोशन शाह नियुक्त भएका छन्।
शनिबार एभरेस्ट होटलमा आयोजित पदस्थापना कार्यक्रममा संस्थापक अध्यक्ष विजय शर्माले नवनियुक्त अध्यक्ष शाहलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
नयाँ कार्यसमितिको उपाध्यक्ष मिना शेर्पा, सचिव अनिशा जोशी, सह सचिव सुनैना श्रेष्ठ, कोषाध्यक्ष कृष्ण कुँवर, सह-कोषाध्यक्ष श्रृष्टी राधा श्रेष्ठ रहेका छन्।
क्लब एडमिन कमिटी अध्यक्ष बिष्णुकान्त घिमिरे, टिआरेफ कमिटी अध्यक्ष राकेश श्रेष्ठ, सर्भिस प्रोजेक्ट कमिटी अध्यक्ष प्रविन महर्जन, मेम्बरसिप कमिटी अध्यक्ष आशिष थापा, इन्टरनेशनल सर्भिस कमिटी अध्यक्ष सागर लोहनी, पब्लिक इमेज कमिटी अध्यक्ष अजय अर्याल रहेका छन् ।
संस्थापक अध्यक्ष बिजय शर्मा र आगामी अध्यक्ष उत्सव सिंह अधिकारी नयाँ कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ।
पदस्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् आर.आइ. डिस्ट्रिक ३२९२ का पूर्वगभर्नर चितामणि भट्टराईले औसत ३३ वर्ष उमेर भएका युवाहरूको क्लब भएकाले रोटरी न्यातपोलबाट अझ जुझारु गतिविधिको अपेक्षा गरेको बताए।
कार्यक्रममा पूर्व गभर्नरहरू तीर्थमान शाक्य, योगेन्द्रमान प्रधान, असिस्टेन्ट गभर्नर लक्ष्मी खनाल, डिस्ट्रिक सेक्रेटरी प्रभात योन्जन र क्लब सल्लाहकार राजेन्द्र शाक्यको उपस्थिति रहेको थियो।
रोट्र्याक्ट क्लबको विभिन्न ओहोदामा रही सेवाको क्षेत्रमा होमिएका शर्माले दर्जन बढी पेशागत विधाका तीन दर्जन व्यक्तिहरूलाई एकत्रित गरी गत वर्ष साउनमा क्लबको स्थापना गरेका थिए ।