नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ३० प्रतिशट डाक्टर फेल भएका छन्।
स्नातकोत्तर तह (एमडी) पास गरेर प्रमाण-पत्रका लागि काउन्सिलले लिएको परीक्षामा सहभागीमध्ये ३० प्रतिशत डाक्टर फेल भएका हुन्।
शुक्रबार दुई सिफ्टमा काउन्सिलले एमडी डाक्टरहरूको परीक्षा लिएको थियो। पुल्चोक इञ्जिनियरिङ कलेजमा लिइएको परीक्षामा ४७८ जना सहभागी थिए।
काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार सहभागीमध्ये ३३९ जना पास भएका हुन्। १३० जना परीक्षामा फेल भएको उनले बताए।
लाइसेन्सका लागि आवेदन दिएका ९ जनाको परीक्षा स्थगित भएको अधिकारीले बताए। आवश्यक कागजात नपुगेकाले उनीहरूको परीक्षा स्थगित भएको उनले बताए।