भारतका प्राधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचूड नेपाल भ्रमणमा आएका छन्।
प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको निमन्त्रणामा शुक्रबार दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले स्वागत गरे।
भारतका प्रधानन्यायाधीश चन्द्रचूडले शनिबार केन्द्रीय बालकल्याण समितिले आयोजना गरेको बालन्याय सम्बन्धी राष्ट्रिय गोष्ठीका मुख्य वक्ताका रूपमा मन्तव्य दिने कार्यक्रम छ।
सर्वोच्च अदालतले जारी गरेको विज्ञप्ति अनुसार कार्यक्रमपछि नेपाल र भारतका प्रधानन्यायाधीशबीच भेटघाट हुनेछ।
उनको सम्मानमा प्रधानन्यायाधीश श्रेष्ठले शनिबार रात्रिभोज आयोजना गरेका छन्।
धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिष्ट्रार राकेश र कोर्ट मास्टर चन्द्र अरोराका साथ आएका प्रधानन्यायाधीश चन्द्रचूड आइतबार साँझ फर्किने कार्यक्रम छ।