प्रहरीले बागबजारबाट १० लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
प्रहरीले शुक्रबार बागबजारबाट भन्सार छलेर ल्याइएको उक्त रकम बराबरको कोट, पाइन्ट, कुर्ता, सुरुवाल लगायत सामान बरामद गरेको हो।
विशेष सूचनाको आधारमा बागबजारबाट सामानसहित छ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
उनीहरूको साथबाट ५५ थान कोट-पाइन्टको कपडा र २८८ थान कुर्ता सुरुवाल बरामद भएको मैनालीले बताए।
भन्सार छलीको सो सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको मैनालीले बताए।