वंशानुगत हाम्रो रगतको कोशिकामा हुन्छ। जसलाई क्रोमोजोम भनिन्छ। मान्छेको ब्लुप्रिन्ट भनेको त्यही हो। नाक, आँखा, कान र मुख सबै बनाउने त्यही क्रोमोजोमलेनै हो।
मान्छेको शरीर क्रोमोजोमले बनेको हुन्छ । शरीरमा रहेको क्रोमोजोमको सानो रुपलाई जीन भनिन्छ । जीनमा केही त्रुटि भएमा वंशानुगत रोग हुने हुन्छ ।
थाइलेसेमिया, हेमोफिलियालगायतका रगतजन्य रोगहरू वंशानुगत रोग हुन्। ख वंशानुगत समस्याका कारण विभिन्न क्यान्सरसमेत हुन्छन्।
बच्चाहरू धेरै खेर जाने समस्या, बच्चा नबस्ने समस्या पनि यसै अन्तर्गत पर्छ। निशन्तान पनि एउटा ठूलो चुनौती बनेको छ। सुस्त मनस्थिति, फरक किसिमका बालबालिका जन्मिने समस्या हुनसक्छ। डाउन सिन्ड्रोम लगायतका समस्या पनि यसकै कारण देखिन्छन्।
बिरामी आएपछि उसको लक्षणले वंशानुगत समस्याबारे थाहा पाउन सकिन्छ। वंशानुगत रोग बिरलै हुने रोग हो। यसको लागि हरेक व्यक्तिको फरक-फरक परीक्षण गर्नुपर्छ। कतिपय लक्षण नदेखिएका तर परिवारमा रोग थियो भने थाहा पाउन सकिन्छ।
परिवारमा कसैलाई रोग छ भने त्यस्तै रोगको परीक्षण अरूलाई पनि गर्नु राम्रो हुन्छ। जस्तै- कसैलाई पेटको क्यान्सर भएको छ भने उसका सन्तानलाई पनि परीक्षण गर्नुपर्छ। यस्तो अवस्थामा उसलाई हुनसक्ने खतरा पत्ता लगाउन सकिन्छ र उपचार पनि सहज हुन्छ।
बच्चा खेर जाने, पेट क्यान्सर, स्तन क्यान्सर, सिकलसेल एनिमिया, थालसेमिया, हेमोफेलिया आदि प्रमुख रुपमा देखिएका छन् ।
वंशानुगत कारणले एकदमै धेरै इनफर्टीलीटीको समस्या देखिएको छ। किनकि, यसको धेरै परीक्षण हुँदैन। विभिन्न खालका परीक्षण गरेको हुन्छ, आइभिएफ गरेको हुन्छ ३-४ वर्षपछि मात्रै वंशानुगत समस्या भए/नभएको परीक्षण गरिन्छ।
त्यसपछि बच्चा बस्न सम्भव छ-छैन भनेर थाहा हुन्छ। बच्चा धेरै खेर जाने समस्या पनि देखिएको छ। थाइलोसेनियालगायत हुन्छ। त्यस्तै डाउन सिन्ड्रोमको समस्या बढ्दै गएको छ। अहिले ११-१२ हप्तामा यसको समस्या भए नभएको थाहा पाउन सकिन्छ। तर यसको परीक्षण हामीकहाँ छैन।
वंशानुगत समस्याको परीक्षण नेपालमा सहज छैन। पहिला त यसको परीक्षणनै हुँदैन थियो। तर अहिले नेपालमा सम्भव छ। यो आफैंमा महंगो छ। यो अत्याधुनिक प्रविधि हो त्यसैले महंगो हुनेनै भयो। विशेषज्ञ पनि हामी दुई जना मात्रै छौं।
वंशानुगत समस्या पूर्ण रूपमा निको हुन सक्दैन होला। तर त्यसलाई कम गर्न सकिन्छ। त्यसको लागि रोग पत्ता लगाउनु महत्वपूर्ण हो।
वंशानुगत समस्या के हो, यसले के कस्तो असर गर्छ र यसको उपचार कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा सेतोपाटीका लागि सन्जिब बगालेले वीर अस्पताल र ग्लोबल अस्पतालमा कार्यरत कनसल्टेन्ट क्लिनिकल जेनेटिशिस्ट डा. निलम ठाकुरसँग भिडिओ कुराकानी गरेका छन्।
हेर्नुहोस् भिडिओ