संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनलाई गत वैशाख १ गते बिहीबार छातीमा असजिलो भएपछि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो।
जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको किष्ट अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले जानकारी दिए।
उनी १० दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।
जाँचपश्चात मूत्र प्रणालीको संक्रमण, मुटुको चाल स्थिर रहेको र श्वासप्रश्वासमा सुधार आएर डिस्चार्ज गरिएको बज्राचार्यले बताए।
यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो। उपचारपश्चात करिब एक हप्तापछि उनी डिस्चार्ज भएका थिए।