आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको छ।
मेघगर्जनसहित यी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ।
देशका पहाडी भू–भागमा आंशिक बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९, ०८:४८:००