नेपालमा सबैभन्दा बढी १५ देखि १९ वर्ष समूहका नागरिक रहेका छन्।
राष्ट्रिय जनगणना २०७८ का अनुसार ५/५ वर्षको समूहमा विभाजन गर्दा यो उमेर समूहको जनसंख्या २९ लाख ६६ हजार ४०४ जना यो उमेर समूहका नागरिक देखिएका छन्।
यसपछि १० देखि १४ वर्ष उमेर समूहका १० प्रतिशत नागरिक रहेका छन्।
९० देखि ९४ वर्ष उमेर समूहका १७ हजार २१५ जना र ९० वर्ष माथिका १० हजार ४२४ जना देखिएका छन्।
यस्तो छ उमेर समूहका आधारमा जनसंख्या

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९, १३:५१:००