तिहारमा काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ। अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले झिलिमिली छ।
नजिकका डाँडाहरूबाट काठमाडौंकोयो दृश्य मनमोहक देखिन्छ।
तिहारलाई विशेष गरी उज्यालो पर्वका रूपमा लिने गरिन्छ। उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ।





