आइसिसी क्रिकेट विश्वकप २०१९ को उपाधि भिडन्तमा इंग्ल्यान्ड र न्युजिल्यान्डले समान स्कोर बनाएका छन्। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो। जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पनि सबै विकेट गुमाउँदा २४१ रन नै जोड्यो।
अब उपाधिका लागि एक ओभरको सुपर ओभर हुनेछ। जित हात पार्ने टिमले उपाधि जित्नेछ।
सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इंग्लिस टिम उपविजेतामै सीमित बनेको थियो। न्युजिल्यान्ड सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो।
अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको इंग्ल्यान्डका लागि बेन स्टोक्सले न्युजिल्यान्डका ट्रेन्ट बोल्टलाई तेस्रो बलमा छक्का प्रहार गरे। चौथो बल ओभर थ्रो हुँदा ६ रन भएको थियो। पाँचौ बलमा २ रन लिने क्रममा अदिल रसिद रन आउट भएका थिए। अन्तिम बलमा जितका लागि १ रन चाहिएको अवस्थामा २ रन लिने क्रममा मार्क उड रनआउट भए।
रनआउट भएसँगै इंग्ल्यान्ड ५० ओभरमा २४१ रनमा अलआउट भयो।
बेन स्टोक्सले इंग्ल्यान्डका लागि सबैभन्दा बढी स्टोक्सले नटआउट ८४ रन जोडेपनि जितका लागि १ रन अपर्याप्त भयो। उनले ९८ बलमा ५ चौका र २ छक्का हिर्काए।
जोस बटलरले ५९ रनको योगदान दिए। उनले ६० बलमा ६ चौका हिर्काए। ओपनर जास रोए १७ रन र उनका पार्टनर जोनी बायस्टो ३६ रनमा लकी फर्ग्युसनबाट बोल्ड भए। जोए रुट ३० बलमा ७ रन र कप्तान इयान मोर्गान २२ बलमा ९ रन जोडेर आउट भए।
क्रिस ओएक्स २ रन, लियाम प्लङ्केट १० रन र जोफ्रा आर्चर शून्यमा आउट भए।
बलिङमा न्युजिल्यान्डका जेम्स निसम र लकी फर्ग्युसनले ३-३ विकेट लिए। मार्ट हेनरी र ग्रान्ड डेहोमले १-१ विकेट लिए। अन्तिम ओभरमा २ ब्याट्सम्यान रन बउ६ भए।
त्यसअघि लन्डनस्थित लर्डसमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो।
न्युजिल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान हेनरी निकोल्सले ५५ रनको योगदान दिए। उनले ७७ बलमा ४ चौका प्रहार गरे।
ओपनर मार्टिन गुपटिल १९ रनमा आउट भए। कप्तान केन विलियमसनले ३० रनको योगदान दिए। रोश टेलर १५ रन बनाएर खेलिरहदा जोन उडको एलबिडब्लुको धरापमा परे।
जेम्स निसमले २५ बलमा ३ चौकाको मद्दतमा १९ रन र कोलिन डे ग्रान्डहोमले १६ रन बटुले। टम लाथम ४७ रन बनाएर आउट भए। उनले ५६ बलमा २ चौका र १ छक्का हिर्काए।
बलिङमा इंग्ल्यान्डका क्रिए ओएक्स र लियाम प्लङ्केटले समान ३-३ विकेट लिए। जोफ्रा आर्चर र मार्क उडले १-१ विकेट हात पारे।