वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा इंल्यान्डको कप्तानी अलराउन्डर बेन स्टोक्सले गर्ने भएका छन्।
नियमित कप्तान जोए रुटले आफ्नो दोस्रो सन्तान जन्मने भएका कारण पहिलो टेस्ट नखेल्ने भएपछि स्टोक्सले कप्तानी गर्ने भएका हुन्।
२९ वर्षीय रुटले बुधबार इंल्यान्डको प्रशिक्षण क्याम्प छाड्दैछन्। उनको सन्तान आगामी साता जन्मने बताइएको छ।
अस्पताल छाडेपछि रुट एक साता सेल्फ आइसोलेसनमा बस्नेछन्। त्यसपछि मात्र उनी इंग्लिस टिमको प्रशिक्षणमा फर्कनेछन्।
इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्ट ८ जुलाईमा सुरु हुनेछ।
स्टोक्स इंग्ल्यान्डको ८१औं टेस्ट कप्तान हुनेछन्। एन्ड्रिउ फ्लिन्टफपछि उनी पहिलो अलराउन्डर कप्तान हुन्।
स्टोक्ससँग व्यवसायीक कप्तानी गरेको अनुभव छैन। यद्यपी उनी सन् २०१७ मा उपकप्तान बनेका थिए।
सन् २०१९ को विश्वकप इंग्ल्यान्डलाई जिताउने क्रममा स्टोकले उत्कृष्ट खेलेका थिए।