अस्ट्रेलियाको बिग बास लिगमा होबार्ट हुरिकेन्सबाट खेलिरहेका नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले जारी सिजनमा लगातार तेस्रो खेलमा विकेट लिएका छन्।
बिहीबार सिड्नी थन्डरविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दा १ विकेट लिएका छन्। सन्दीपले चार ओभरमा २३ रन खर्चिदा २ चौका दिए।
सन्दीपले बिहीबार सिड्नीका कप्तान कोलुम फर्ग्युसनलाई १ रन बनाएर खेलिरहदा जोहान बोथाको हातबाट क्याच गराए।
यसअघि सन्दीपले मेलवर्न स्टार्सविरुद्धका दुवै खेल खेलेका थिए। पहिलो खेलमा २ विकेट लिएका उनले दोस्रो खेलमा १ विकेट लिएका थिए।
पर्थमा जारी खेलमा टस जितेको होबार्टले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि सिड्नीले पहिले ब्याटिङ गरिरहेको छ।
१७ ओभरको खेल सकिदा सिड्नीले ५ विकेटको क्षतिमा १२६ रन जोडेको छ।