आगामी सन् २०२० मा थाइल्याण्डमा हुने एएफसी यु–२३ च्याम्पियनसिप फुटबलको छनोटको समूह विभाजन भएको छ।
विभिन्न ११ समूहमा विभाजन गरिएको छनोट खेलमा नेपाल समूह ए मा परेको छ।
एएफसीले सार्वजनिक गरेको तालिका अनुसार पश्चिम क्षेत्र छनोट अन्तर्गत नेपालको समूहमा आयोजक कतारसहित ओमान र अफगानिस्तान छन्।
तुलनात्मक रूपमा कठिन समूहमा परेको नेपालले छनोंटको पहिलो खेल मार्च २२ मा ओमानविरुद्ध खेल्ने छ। यसैगरी नेपालले २४ तारिखमा घरेलु टोली कतारविरुद्ध खेल्दा सूमह चरणको अन्तिम खेलमा २६ तारिखमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
एसियाका विभिन्न ४४ देशलाई ११ समूहमा विभाजन गरिएको छ। यसबाट हरेक समूहका समूह विजेता र उत्कृष्ट चार उपविजेता अन्तिम चरणका लागि छानिनेछन्। यस्तै आयोजकका हिसाबले थाइल्याण्डले पनि सिधै फाइनल चरणमा प्रवेश पाउनेछ।
थाइल्याण्ड रहेको समूह के मा भियतनाम, इन्डोनेसिया र ब्रुनाई छन्।
यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीहरूलाई बन्द सत्रमा राखेर चाँडै एएफसी यु –२३ को तयारी थाल्ने भएको छ।
एन्फाको हालै बसेको बैठकले प्रशिक्षकमा स्वीडेनका योहान कालिनलाई ल्याउने निर्णय गरेको थियो।
मार्च सुरूमा नेपाल आउने कालिनलेनै यु–२३ को प्रशीक्षण सम्हाल्ने एन्फाले जनाएको छ। त्यसपछि उनैले नेपाली राष्ट्रिय टोलफको जिम्मा लिनेछन्।