म्यानचेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ।
सिटीले गए राति भएको खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ हराएर उपाधि जितेको हो।
खेलमा लिभरपुलका गियोर्जिनियो विज्नाल्डमको पेनाल्टी प्रहारलाई सिटीका गोलकिपर ब्राभ्रोले विफल पारेका थिए।
त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
सिटीका लागि रहिम स्टर्लिङले १२ मिनेटमा पहिलो गोल गरे। ७७ मिनेटमा मटिपले लिभरपुलका लागि बराबरी गोल फर्काए।