जर्मन बुन्डेस लिगा क्लब अग्सबर्गका प्रमुख प्रशिक्षक हेइको हेरलिचले यहि शनिबारदेखि सुरु सुचारु हुने लिगको सुरुवाती खेल गुमाउने भएका छन्।
हेरलिच नेतृत्वको अग्सबर्गले आगामी शनिबार वुल्फवर्गसँग खेल्दैछ। यो खेलमा हेरलिचले क्लबको नेतृत्व गर्न पाउनेछैनन्।
कोरोनाभाइरस संक्रमण रोक्न लागि लागू गरिएको क्वारेन्टाइनको नियम तोडेपछि उनलाई एक खेल प्रतिबन्धको कारबाही गरिएको छ।
शनिबारदेखि सुचारु हुने लिगका लागि जर्मनीका लागि सबै टिम क्वारेन्टाइनमा बसेका छन्।
'मैले होटल छाडेर गल्ती गरेँ,' उनले भनेका छन्।
४८ वर्षीय हेलरिच १० मार्चमा मात्र क्लबको प्रशिक्षकमा नियुक्त भएका थिए। त्यसैले वुल्फवर्गविरुद्धको खेल उनका लागि पहिलो खेल हुँदैथियो।
'मैले अन्य सरसफाइका सबै नियम पालना गरेपछि पनि होटल छाडेर नियम तोडेको छु,' उनले भने,'यो अवस्थामा मेरो टिम र जनताका लागि म रोलमोडल होइन।'
उनले भिडियो पोस्ट अघि भनेका छन्,'अब मैले शुक्रबारको प्रशिक्षण पनि गराउन छैन र शनिबारको खेल मेरो नेतृत्वमा हुनेछैन।'
उनले होटलबाहिर निस्कनुको कारण मञ्जन किन्न भएको बताए। 'मसँग मञ्जन थिएन। त्यसैले म सुपरमार्केट गएको थिएँ,' उनको भनाइ छ।
जर्मन क्लब र स्टाफहरुको नियमितरूपमा कोरोनाको परीक्षण हुने गर्छ। अब हुने परीक्षणपछि दुई वटा कोरोना नेगेटिभ नतिजा आए मात्र हुने प्रशिक्षकको भूमीकामा फर्कन पाउनेछन्।
अग्सवर्ग बुन्डेस लिगाको १४औं स्थानमा छ। क्लब रेलिगेशन जोनभन्दा ५ अंकले अघि रहेको छ।