प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग कपको अघिल्लो चरणमा पुगेको छ।
युनाइटेडले दोस्रो डिभिजनको लिग च्याम्पियन्सिप खेल्ने क्लब लुटन टाउनलाई ३-० गोलले पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेको हो।
युनाइटेडको जितमा माटाले ४४ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे। ८८ मिनेटमा मार्कोस रास्फोडले युनाइटेडको अग्रता दोब्बर पारे।
दोस्रो हाफको इन्जुरी टाइममा ग्रिनउडले युनाइटेडका लागि तेस्रो गोल गरेका थिए।
प्रतियोगिताको अर्को खेलमा ब्रेन्टफोर्डले वेस्ट ब्रुममाथि पेनाल्टीमा ५-४ को जित निकालेको छ।
यस्तै न्यूपोर्टले वाटफोर्डलाई ३-१ ले हराएको छ।
वेस्ट ह्याम युनाइटेडले हल सिटीमाथि ५-१ गोलको जित निकालेर चौथो चरणमा स्थान पक्का गरेको छ।