लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। साउथह्याम्टनलाई २-० गोलले पराजित गर्दै लेस्टर दोस्रो स्थानमा उक्लिएको हो।
लेस्टरको जितमा म्याडिसनले ३७ मिनेट पहिलो गोल गरे। दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा बर्नसले लेस्टरका लागि दोस्रो गोल गरेका थिए।
यता चेल्सीले १० खेलाडीमा सीमित फुलहमलाई १-० गोलले पराजित गरेको छ। चेल्सीका लागि माउन्टले निर्णायक गोल गरे।
उनले खेलको ७८ मिनेटमा हाफ भली सर्टमार्फल बललाई जाली चुमाएका थिए। त्यसअघि उनको प्रहार क्रसबारमा लागेको थियो।
खेलको ४४ मिनेटमा फुलहम १० खेलाडीमा सीमित बन्यो। रोबिनसनलाई रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए।
लिगमा म्यानचेस्टर युनाइटेड १७ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानमा उक्लिएको लेस्टरले १८ खेलबाट ३५ अंक बटुलेको छ।
चेल्सी १८ खेलबाट २९ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ।