इंग्लिस प्रिमियर लिगमा टोटेनहमलाई चेल्सीले पराजित गरेको छ। बिहीबार राति भएको लिगको खेलमा चेल्सीले टोटेनहममाथि १-० गोलको जित हात पारेको हो।
चेल्सीको जितमा जोर्गिन्होले खेलको २४ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो।
इरिक डियरले चेल्सीका टिमो वेर्नरलाई फल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो।
जितपछि चेल्सी अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ। चेल्सीले २२ खेलबाट ३६ अंक जोडेको छ।
टोटेनहम भने आठौं स्थानमा झरेको छ। उसले २१ खेलबाट ३३ अंक बटुलेको छ।
अंक तालिकामा म्यानचेस्टर सिटी २१ खेलबाट ४७ अंक जोडेर शीर्ष स्थानमा छ।
दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४४ अंक रहेको छ।