कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले आज राति आफ्नो पहिलो खेल खेल्दैछ।
अर्जेन्टिनाले आज २:४५ बजे चिलीसँग प्रतिस्पर्धा गर्न लागेको हो।
फिफा विश्वकप २०२२ को दक्षिण अमेरिका छनोटमा अपराजित रहे पनि अर्जेन्टिना दुई खेलमा बराबरीमा रोकियो।
अर्जेन्टिनालाई कोलम्बियाले २-२ र चिलीले १-१ गोलको बराबरीमा रोकेका थिए।
खेलअघि अर्जेन्टिनाका कप्तान लिओनल मेसीले पहिलो खेलमा जित महत्वपूर्ण हुने बताएका छन्।
कोपाको अर्को खेलमा मंगलबार विहान ५:४५ बजे पाराग्वे र बोलिभियाबीच खेल हुनेछ।