सरकारी वकिल समाजले सर्वोच्च अदालतमा उठेका समस्याको उचित निकास दिन माग गरेको छ।
बिहीबार विज्ञप्ति जारी गरी समाजले अदालतमा भइरहेको समस्याको बारेमा निकास दिनुपर्ने जनाएको हो।
नेपाल बार एसोसिएसनले नियमित रूपमा आन्दोलन गर्दा अदालको न्यायिक काम हुन नसकेर सेवा प्रवाहमा समस्या परेको समाजको भनाइ छ।
समाजले अदालत परिसरमा कानुन व्यवसायीउपर प्रहरी परिचालन गर्नुपर्ने अवस्थाको सिर्जना हुनु उचित नभएको बताएको छ।
न्यायपालिकामा देखिएको समस्याको अन्त्य गर्नको लाथि सम्बन्धित निकाय, पदाधिकारी, संस्था जिम्मेवारपूर्वक प्रस्तुत हुने अपेक्षा राखिएको समाजले बताएको छ।
समाजले प्रधानन्यायाधीश, न्यायाधीश तथा सरोकार राख्ने सबैमा विद्यमान परिस्थितिको निकासका लागि अनुरोध गरेको छ।