पुस २० गते रिलिज हुन ागेको ‘जय श्री दाम’ निर्माण टिमले प्रचारमा फरक प्रयोग गरेको छ । प्रचार र दर्शकाई कौतुहल्ता जगाउनका लागि भन्दै सिनेमाले सुरुवातको १५ मिनेटको दृश्य पनि सार्वजनिक गरेको छ ।
सोमबार एक कार्यक्रम गर्दै 'जय श्री दाम'ले हल रिज अगावै यूट्यूबमा आफ्नो सिनेमाको पहिलो १५ मिनेट रिलिज गरेको हो।
सार्वजनिक प्रिभ्यू दृश्यमा सिनेमाको केन्द्रिय द्वन्द्व देखाउन खोजिएको छ । निर्देशक बिप्लोप उप्रेतीले दर्शकलाई लोभ्याउन र नझुक्याउन १५ मिनेटको प्रिभ्यू भिडियो सार्वजनिक गरेको बताए ।
‘हाम्रो सिनेमामा न महँगो बजेट, न स्टारकास्ट, न गीत नै छ । तर, हाम्रो कन्टेन्ट बलियो छ । यसकारण एक्सपेरिमेन्ट गरेका हौं', उनले भने।
१५ मिनेटको प्रिभ्यू भिडियोमा अभिनेता अमृत ढुङ्गाना र अभिनेत्री जेबिका कार्कीको प्रेममा परिवार बाधक हुँदा उत्पन्न हुने समस्या देखाइएको छ । कमेडी जनरामा निर्माण भएको सिनेमा ‘जय श्री दाम’ ले पैसा कमाउन पात्रहरुले गर्ने हर्कतको कथा भन्ने बताए ।
मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा सिनेमा बनेको हो ।
रविन आचार्य डिओपी रहेको सिनेमामा विनोद न्यौपाने, राजन खवितडा, प्रमोद अग्रहरी र विष्णु सापकोटा पनि लिड अभिनयमा छन् ।
निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको यसमा मित्र डि गुरुङको सम्पादन छ भने सिनेम्याट्रोग्राफरमा नवराज उप्रेती हुन् ।