विपिन कार्की, वर्षा राउत तथा सुरक्षा पन्त स्टारर ‘गोपी’ सिनेमाले नयाँ गीत सार्वजनिक गरेको छ।
सोमबार सिनेमामा समाविष्ट ‘तेरो आफ्नो…..’ बोलको गीत एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा विप्लप प्रतिकको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा शिव परियारको स्वर छ ।
माघ १८ गतेबाट रिलिज हुने सिनेमालाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।
कार्यक्रममा बोल्दै निर्देशक लामाले आफ्नो टिमले सिनेमालाई उत्कृष्ट बनाउनमा कुनै कसुर बाँकी नराखेको बताए । श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमालाई आरोही इन्टरटेनमेन्टको ब्यानरमा आरोही केसीले निर्माण गरेकी हुन् ।
‘गोपी’मा विपिन, सुरक्षा र वर्षाका अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे, कुन्ति सिमली, हिउँवाला गौतम, रमेश अधिकारी, सरोज अर्याल, केशव राई, कमलमणी नेपाल, अपुर्व गौतम लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
निर्देशक दीपेन्द्र लामाले नै लेखेको कथामा सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, रवि न्यौपानेको छायांकन, शैलेन्द्र डि कार्कीको डिओपी, गोविन्द राईको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।