चितवनबाट शुरू भएको डबली द स्पेश बुक क्याफेले आफ्नो सेवा काठमाडौंमा पनि बिस्तार गर्ने भएको छ।
पठन संस्कृति र समसामयिक विषयमा स्वस्थ बहसको प्रवर्द्धन गर्ने उद्धेश्यले १० महिनाअघि भरतपुरमा शुरु भएको क्याफेले बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरसँगको सहकार्यमा काठमाडौंमा शाखा खोल्न लागेको हो।
शाखा सञ्चालनका लागि डबलीका सञ्चालक इन्द्रध्वज क्षेत्री र शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजबिच फागुन २१ गते सम्झौतामा हस्ताक्षर भएको हो।
आगामी एक महिनाभित्र औपचारिक शुरूवात गर्ने लक्ष्यका साथ काम भइरहेको सञ्चालक इन्द्रध्वज क्षेत्रीले बताए।
क्याफेमा पुस्तक पसल, उच्चस्तरीय नेपाली बिन्जबाट बनेको कफी र बेकरी सेवाहरु उपलब्ध हुनेछन् । डबलीमा समसामयिक साहित्य र सामाजिक विषयवस्तुमा नियमित छलफल पनि गरिने उनले जानकारी दिए।
नियमित रंगकर्म गरिरहेको शिल्पी थिएटरमा बुक क्याफे सञ्चालनले यसलाई अझ ज्ञान र अभिव्यक्तिको केन्द्र बनाउन सघाउने शिल्पी थिएटरका निर्देशक घिमिरेले बताए।