हालै सार्वजनिक एउटा नयाँ गीतमा केकी अधिकारी र गौरव पहाडी म:म बेच्ने जोडीकाे भूमिकामा देखिएका छन्। स्वरुपराज आचार्यको स्वर रहेको गीत 'जहाँ छोड्यौ तिम्ले'मा याे जाेडीकाे आर्थिक संघर्ष र प्रेम सम्बन्धको कथा छ।
गीतको भिडियोमा गौरवसँग म:म बेच्ने केकीलाई सडकमा उभिएर पानी बेचिरहेको देखाइएको छ। पशुपती म्युजिकले बजारमा ल्याएको भिडियो निशान घिमिरे कश्यपले निर्देशन गरेका हुन्। भिडियोमा केकी र गौरव दुवैको अभिनय गीतको मर्म सुहाउँदो छ।
गीतमा एस एस गणेशको शब्द र दिवान किनारको संगीत छ। गीतको संगीत संयोजन पनि संगीतकार दिवान किनारले नै गरेका छन्।
उत्सव दाहालले छायांकन गरेका भिडियोमा ज्योतीको मेकअप र सम्पादन निर्देशक कश्यपकै देख्न सकिन्छ।