गायिका कमला अधिकारी र गायक शीत्तल भेट बस्यालको स्वरमा नयाँ गीति भिडियो 'माइली' सार्वजनिक भएको छ। हिजो नयाँ वर्षको दिन पारेर युट्युबमा सार्वजनिक भिडियोमा मेलापात गर्दागर्दै गाउँकै छिमेकीसँग प्रेममा परेकी माइली पात्रको प्रेमकथा देखाइएको छ।
गीतमा कथा तथा परिकल्पना अनु कार्कीको छ भने शब्द रचना प्रकाश सिग्देलको छ। गीतको भिडियो निर्देशन रा शिबले गरेका हुन्। गीतमा ऋचा थापा र सुमित थापाको अभिनय छ।
प्रेममा परेका रोमान्टिक भाव पोख्ने यो गीतमा शीत्तलराज बस्यालको संगीत र प्रकाश सिग्देलको संगीत छ। लोकलयमा आधारित यो गीत गाउँकै परिवेशमा खिचिएको छ। भिडियो सम्पादन संगीत बस्याल र छायांकन चक्रबहादुर बरालले गरेका छन्।
घर परिवारले अस्वीकार गरेको यो जोडीको कथाले माइली र उनका प्रेमीको गाउँदेखि सहरतर्फको यात्रा देखाउँछ।